जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्