पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ ।

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।

असोज १३ गते मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।

त्यसैगरी, निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयको भनाइ छ ।

डेंगु संक्रमणको कारण अहिले बजारमा पारासिटामोलको अभाव छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी फैलिएको डेंगु ७७ जिल्लामा पुगिसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २८ हजार संक्रमित र ३६ जनाको डेंगुको कारणले मृत्यु भइसकेको छ ।

मन्त्रालयले जारी गरे विज्ञप्ति हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्