उर्लाबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

उर्लाबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् ।

बिहिबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सनद्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्