आजदेखि बाबरी, विक्रम वेधा र पीएस-वान हलमा रिलिज

आजदेखि बाबरी, विक्रम वेधा र पीएस-वान हलमा रिलिज

काठमाडौं । आजदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् ।

विराटनगरस्थित क्युएफएक्समा समेत बाबरी, विक्रम वेधा र पीएस-वान प्रदर्शनमा आएका छन् । सुरेन्द्र पौडेलद्वारा निर्देशित ‘बाबरी’ आजदेखि प्रदर्शनमा आएको छ । अदिती बुढाथोकी, धीरज मगर र धीरज नाड्कर अभिनित फिल्म रोमान्टिक कथावस्तुमा आधारित छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले प्रिमियरबाट पनि राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । प्रेम सम्बन्धको कथावस्तु रुचाउने दर्शकलाई यो सिनेमा रुचिकर हुनसक्छ । ‘बाबरी’को रन-टाइम २ घण्टा १६ मिनेट छ ।

विक्रम, ऐश्वर्या राय बच्चन, तृषा कृष्णनन स्टारर फिल्म ‘पोनियन सेल्भेन : भाग १’ पनि आजै रिलिज भएको छ । मणिरत्नम निर्देशितद्वारा फिल्मको लम्बाइ २ घण्टा ५० मिनेट छ । एक्सन-ड्रामा र फेमिली जनरामा राखिएको यो फिल्म ऐतिहासिक र पारिवारिक कथावस्तु रुचाउने दर्शकलाई प्रिय हुनसक्छ ।

फिल्म ‘विक्रम वेधा’मा ऋतिक रोशन, सैफअली खान र राधिका अप्टेको प्रमुख भूमिका छ । २ घण्टा ४० मिनेट लामो फिल्मलाई गायत्री पुष्करले निर्देशन गरेका हुन् । ग्याङस्टर र एक्सन जनरामा राखिएको फिल्मले समीक्षकबाट मीठो समीक्षा प्राप्त गरेको छ ।

अहिले पनि हलमा ‘प्रेमगीत ३’ र ‘अवतार’ प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्