विराटनगरकी रेश्मा घिमिरेको अभिनय रहेको “लाहुरेको कथा” भिडियो सार्वजनिक

विराटनगरकी रेश्मा घिमिरेको अभिनय रहेको “लाहुरेको कथा” भिडियो सार्वजनिक

गायक पुष्पन प्रधानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विराटनगरकि रेश्मा घिमिरेले खेलेको उक्त भिडियो सार्वजनिक भएको हो । दसैँ तिहारमा पनि घर फर्किन नपाउँदाको लाहुरेको पीडालाई गीतले समेटेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाद्य नेपाली कसरी चाडवाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले देखाउन खोजेको छ । परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिवन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथा गीतले भन्छ ।

गीतमा शब्दरचना सुशान्त गौतम र अनिल शर्माको छ । संगीत निर्देशन सुशान्त गौतम स्वयंको छ ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । हरि हुमागाईंको भिडियो निर्देशन गरेका छन् । पुरुषोत्तम प्रधानको कन्सेप्ट डिजाइन रहेको छ ।

भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईंलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्