जीवन विकास गोल्डकपको उपाधि पशुपति स्पोर्टिङ क्लब क्लबलाई

जीवन विकास गोल्डकपको उपाधि पशुपति स्पोर्टिङ क्लब क्लबलाई

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति स्पोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।

मोरङको जहदा गाउँपालिका - ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १-० गोलले हराउँदै पशुपति स्पोर्टिङ क्लबले उपाधि जितेको हो ।
जितसँगै पशुपतिले नगद ७५ हजार रुपैयाँको साथै ट्रफी हात पारेको छ । उपविजेता बनेको रानी क्लबले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

निकै रोमाञ्चित फाइनलमा खेल सुरु भएको तीन मिनेटमा पशुपतिका हरि नारायण खवासले गरेको गोल टिमको जित सुनिश्चितको लागि निणर्ायक बनेको थियो । उनले वान भर्सेस वानको प्रहार गोलमा परिणत गरेका थिए ।

फाइनल खेलको म्याद अफ द म्याच निणर्ायक गोल गर्ने पशुपतिका हरि नारायण खवास घोषित भए । वेस्ट गोल किपर रानी युवा क्लबका प्रमिजय गच्छदार, वेस्ट डिफेन्डर पशुपतिका विकास खवास, वेस्ट मीड फिल्डर पशुपतिका सृजनशील खवास, वेस्ट फरवार्ड पशुपतिका राजु सरदार, वेस्ट पिलिएर कैलाश बस्नेत घोषित भए । वेस्ट कोचमा पशुपतिका जितेन्द्र कुमार साह भए ।
लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म भएको गोल्ड कपमा ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता तथा उपबिजेताहरूलाई कार्यक्रमको प्रमुख अतिथि जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डल, लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्