सुनसरीमा कुटपिटबाट १ जनाको मृत्यु,घटनामा संग्लग्न ३ जना पक्राउ

सुनसरीमा कुटपिटबाट १ जनाको मृत्यु,घटनामा संग्लग्न ३ जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् ।

उनीहरुले वृद्धलाई शनिवार बिहान कुटपीट गरेको र सोही कारणले मृत्यु भएको भन्ने खवर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको थियोे ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्