नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई टीका लगाईदिने

<span class='c1'>नेपाली दूतावासले कतारमा रहेका</span> <span class='c2'>नेपालीलाई टीका लगाईदिने</span>

काठमाडौं । नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई दसैँको अवसरमा टीका लगाईदिने भएको छ।

दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको हो ।

त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावासमा आएर टीका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्न दूतावासले अनुरोध गरेको छ । दसैँको टीकाको दिन बिहान १०ः३० बजेदेखि अपरान्ह १२ः०० बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

दसैँको अवसरमा यहि १८ र १९ असोज (अक्टोबर ४ र ५ तारिख) का दिन दूतावास बन्द रहनेछ। २० गतेदेखि भने नियमित रूपमा खुल्ला रहनेछ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्