निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

वडादसैँको अवसरमा दिनुभएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएकोछ– “निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।”

उहाँले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्