फिल्म ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

<span class='c1'>फिल्म ‘म राजेश हमाल’को</span> <span class='c2'>प्रदर्शन मिति सार्वजनिक</span>

काठमाडौं । फिल्म ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

फिल्मका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर फिल्म ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । फिल्म आगामीचैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ।

जोन योञ्जन कोनिर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ। फिल्ममा आर्यन सिग्देल बिसेष भूमिकामा देखिने छन् भने राजेश हमलाको आवाजले कथा बोकेको छ।

फिल्मका कथाकार जोन योञ्जन हुन् भने पटकथामा जोनलाई सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको फिल्मको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन। फिल्ममा दिपक आर जे र कमल रेग्मिको संगीत रहेको छ।

किरण कुमार महर्जन सह(निर्माता रहेको फिल्ममा जिव लाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारि निर्माता हुन्। बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको फिल्म फिल्कर आर्ट्सले निर्माण गरेको हो।

निर्माता केदार भसालले यस अघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो फिल्म ‘कौसिद’ को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्