चितवन । मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबारको बेलुका करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।
स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।