राष्ट्रपतिद्वारा नव कन्याको पूजा

<span class='c1'>राष्ट्रपतिद्वारा नव</span> <span class='c2'>कन्याको पूजा</span>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दशैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्