लमजुङ । मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।
राँगाको मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरीका अनुसार सोमवार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको थियो ।
चिकित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा परियारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी लमजुङले जनाएको छ।
फोटो:फाइल