सन्दीप आज बिहान १० बजे नेपाल आउने

<span class='c1'>सन्दीप आज बिहान</span> <span class='c2'>१० बजे नेपाल आउने</span>

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।

'नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,' उनले भनेका छन्, 'मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।'
गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका छन् :

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्