मौसमको खराबीका कारण सन्दीप चढेको विमान काठमाडौं अवतरण हुन् सकेन

मौसमको खराबीका कारण सन्दीप चढेको विमान काठमाडौं अवतरण हुन् सकेन

काठमाडौँ । नाबालिग किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गर्न सकेको छैन्।

क्रिकेटर लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि ओभरसुट गरिएको छ ।

मौसमको खराबीका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ।

गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने विमानस्थलबाटै पक्राउ
यो पढ्नुहोस् :
https://ourbiratnagar.net/2022/10/197224
फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्