मेडिकल परीक्षणका लागि लामिछानेलाई लगियो अस्पताल

<span class='c1'>मेडिकल परीक्षणका लागि</span> <span class='c2'>लामिछानेलाई लगियो अस्पताल</span>

काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ ।

सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

'सन्दीपजीले आत्मसमर्पण गरिहाल्नुभयो । मेरो उपस्थितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो ।

मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,' उनले भने ।

आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । 'भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले नियन्त्रणमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,' उनले भने ।कान्तिपुर राष्ट्रिय दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्