काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
बैठक शुक्रबार(आज) दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
बिहिबार बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।
कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने कांग्रेसका नेताहरुले बताएका छन् ।