स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने एमाले नेतृ गंगा चौधरीकाे घोषणा

स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने एमाले नेतृ गंगा चौधरीकाे घोषणा

काठमाडौं । एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने घोषणा गरेकी हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत शुक्रबार आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी दिएकी छन् ।

दाङको क्षेत्र १ बाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।

सामाजिक संजाल फेसबुकमा यस्तो लेखिकी छन् :
‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्