पूर्वी चितवनमा घरको छतबाट लडेर मृत्यु

पूर्वी चितवनमा घरको छतबाट लडेर मृत्यु

चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा चोट देखिएको उहाँले जानकारी दिनुभयो ।

टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउरेग्मीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्