कांग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

<span class='c1'>कांग्रेस र लोसपाका</span> <span class='c2'>नेताहरुबीच बालुवाटारमा छलफल</span>

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ (नेताहरु) सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ । सिट बाँडफाँटको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ ।”

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । छलफलमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी हुनुहुन्छ भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी हुनुहुन्छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2