उद्योगपति विनोद चौधरीले कांग्रेसबाट नवलपरासी- १ बाट उम्मेदवारी दिने

<span class='c1'>उद्योगपति विनोद चौधरीले कांग्रेसबाट नवलपरासी-</span> <span class='c2'>१ बाट उम्मेदवारी दिने</span>

काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेसबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारी दिने भएका छन्।

प्रतिनिधि सभा सदस्यका लागि चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारी दिन लागेका हुन्।

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बन्न लागेका हुन् ।

२०७० को संविधान सभा चुनावमा नेकपा एमालेले चौधरीलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी समेत गरेको थियो । तर त्यतिबेला चौधरीले प्रत्यक्षमा चुनाव लड्न चाहेनन् ।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्