चन्द्र पौडेल
सटर सटर केहीनचाहिने बल्ल व्यापार फापो ।
झयाप्प बोक्यो, चोकमागयो च्याप्प दोकान थाप्यो ।।
आफ्नो त व्यापार रै छैन् घटेको
बुझिएन पोरै,लगानी नै थोरै
सबभन्दा राम्रो व्यापार
पानीपुरीको हो.. चटपटेको...
विराटनगर। नेपाली चर्चित लोक गायक पशुपतिशर्माको शब्द र लयमा रहेको उक्त गीतका हरफहरु चटपटे व्यवसायीहरुको लागि सान्दर्भिक बनेको छ ।
बिहानै उठेदेखि निकै ब्यस्त दैनिकीमा राजकुमार यादवकोे पहिचान पानी पुरीवालाको रुपमा स्थापित भईसकेको छ । आफ्नै देशमा जीविकोपार्जन गरि परिवारसँग जीवन बिताईरहेका मोरङ विराटनगर महेशपुर-३ मा बस्ने उनी बन्दहड्तालहोस् या खुल्ला सधै चारपाङ्ग्रे ठेलामा पानीपुरी, चटपटेको मसलाले भरिभराउ पारेर दैनिकीजसो विराटनगर-३ सोमबारे चोकको एक छेउमा आफ्नो ठेलासँगै उभिएर चटपटे व्यवसाय गरिरहेका देखिन्छन् ।
करिब चार दशकदेखि स्थानीय कलेजमा चमेना गृह सगँसँगै पानीपुरी व्यवसाय पनि चलाउँदै आएकोमा आफुले गरिरहेको कामप्रति सन्तुष्ट देखिन्छन् । बिहानै उठेसँगै उनको परिवारसहित उनी पनि पानीपुरी बनाउन ब्यस्त हुन्छन् । झण्डै दुई तीन घण्टा पानीपुरी र चटपटेको मसला तयार गर्न उनलाई लाग्छ त्यसपछि उनी खाना खाएर आफ्नो चारपाङ्ग्रे ठेलामा बिहानै बनाएको पानीपुरी चटपटेको मसला र भुजाको बोरा आफ्नो ठेलामा लोड गरेर आफ्नो गन्तव्य तिर लाग्छन् । प्रायःजसो बिहानको समयमा चमेना गृहमा ब्यस्त रहने दिउँसो ३ बजे देखि विराटनगर सोमबारे चोक स्थित आफ्नो ठेला व्यवसाय गर्दै आएका यादवलाई राती ८ बजे पछि मात्रै घर फर्कने फुर्सद हुने उनी बताउँछन् ।
सामान्य लेखपढ गरेका उनी सानैदेखि यही व्यवसाय गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनले भने । पानीपुरी रोज्नुको अर्को कारण नगद कारोबार हो । उनी भन्छन्-दैनिक नगद कारोबार भईरहने व्यवसाय हो यो । बजारमा आउने पानीपुरी भन्दा उनले बेच्ने पानीपुरी फरक छ किनभने उनी रेडीमेट पानीपुरी बेच्दैनन् । उनले भने म रेडीमेट पानीपुरी बेच्दीन घरमा नै श्रीमती र म मिलेर पुरी बनाउछौ र यो नै पानीपुरी सबैले मन पराएका छन् । यो व्यवसाय गरेदेखि कहिले पनि कसैसँग पैसाको लागि हातथाप्नु नपरेको उनी बताउँछन् । सरकारी अनुदान तथा सरकारी कार्यक्रमको बारेमा अनबिज्ञता प्रकट गरेका पवन आफुले रुचाएको पेशा गरेकोमा कसैको आश गर्नु नपरेको बताउँछन् ।
पानीपुरी व्यवसाय समस्याका बारेमा सुनाउँदै उनी भन्छन् -घाम,पानी,धुलो,धुवाँ ठेला व्यवसायको मुख्य समस्या हो । दिउँसो ३ बजेदेखि बेलुका८ बजे सम्म उभिएरै ब्यापार गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् । हाल यादवको परिवारमा दुई छोरा,बुहारीश्रीमती र आफु सहित ६जनाको परिवार छ । दैनिक८ सयदेखि १ हजारसम्म कमाई गर्ने यादव भन्छन् -यो पेशाबाट धेरै सम्पति जोड्न नसकिए पनि छोराहरुलाई राम्रो स्कुलमा पढाएर सके ।
मेहनत र लगनका साथ काम गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा उनी देखिन्छन् । लाखौ रुपैया खर्च गरेर अर्काको देशमागई मजदुरी गर्नु भन्दा आफ्नै परिवारसंगै बसेर आफ्नै देशमा सम्मानको पेशा गर्न पाउदा उनी यतिबेला सन्तुष्ट देखिन्छन् । पछिल्लो समय लाखौ युवाहरु विदेशीदै गएको अवस्थामा स्वदेशमै उद्धम गरिरहेका युवाहरुका लागि स्थानीय सरकारले कार्यक्रम तथा योजना ल्याउन जरुरी देखिन्छ ।