झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देनद्वारा मनोनयन दर्ता

<span class='c1'>झापा-३ बाट राप्रपा अध्यक्ष</span> <span class='c2'>लिङ्देनद्वारा मनोनयन दर्ता</span>

झापा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

उहाँले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताउनुभयो ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहनुभएको छ ।

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उहाँसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र ९क० बाट नेकपा एमालेका बसन्त बानियाँ र क्षेत्र ९ख० बाट छविलाल चुँडालले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका छ लाख ६२ हजार तीन सय ११ मतदातामध्ये क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्