सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै

<span class='c1'>सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता</span> <span class='c2'>भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै</span>

रुपन्देही । एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुहुनेभएको छ ।

शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

उनले आफूलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको उल्लेख गर्नुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्न आग्रह गरेको बताउँदै उहाँँले अहिले कुनै पार्टीमा नजाने स्पष्ट पार्नुभयो । नेता भुसालले सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्