मकवानपुर-१ बाट कमल थापाद्वारा उम्मेदवारी दर्ता

<span class='c1'>मकवानपुर-१ बाट कमल</span> <span class='c2'>थापाद्वारा उम्मेदवारी दर्ता</span>

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ । यसैगरी गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी मनोनयन अपराह्न ३ बजे गराउने कार्यक्रम छ ।

त्यस्तै नेकपा (एमाले)को तर्फबाट क्षेत्र नं २ मा महेशकुमार बर्तौलाले पनि आजै ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुहुने एमाले मकवानपुरले जनाएको छ । अन्य उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्