सञ्चारमन्त्री कार्कीद्वारा उमेदवारी दर्ता

<span class='c1'>सञ्चारमन्त्री कार्कीद्वारा</span> <span class='c2'>उमेदवारी दर्ता</span>

इनरुवा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मनोनयन दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ समेत निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम इनरुवामा पुगी उहाँले आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । बजागाजासहित मन्त्री कार्कीले उमेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) बाट सदानन्द मण्डल र ४ (ख) बाट हाजी इसराइल मंसुरीले उमेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ मा १ नं प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वतारणमन्त्रीसमेत रहनुभएका जगदीशप्रसाद कुसियैतले उमेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र क्षेत्र नं ४ (ख) बाट अब्बास अन्सारीले उमेदवारी दर्ता गराउनुभएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्