सप्तरी–२ बाट जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्ता

<span class='c1'>सप्तरी–२ बाट जसपा अध्यक्ष</span> <span class='c2'>यादवको उम्मेदवारी दर्ता</span>

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजविराजको मुख्य निर्वाचन कार्यालयमा आज उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संविधानसभाका २०६४ र २०७० को निर्वाचनमा भने उहाँ सुनसरी–५ बाट निर्वाचित हुनुभएको थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्