काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँ विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत हुनुहुन्छ । रासस
फोटो:फाइल