उम्मेदवारको प्रतिबद्धता : राष्ट्र र जनहितमा काम गर्छौँ

<span class='c1'>उम्मेदवारको प्रतिबद्धता : राष्ट्र</span> <span class='c2'>र जनहितमा काम गर्छौँ</span>

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलका नेताले पार्टीको चुनावी घोषणापत्रको प्रतिरक्षा गर्दै राष्ट्र र जनहितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई ठिक बाटोमा हिँडाउन र सङ्घीयता कार्यान्वयन गर्न कानून निर्माण गर्न आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिनुभयो ।

सोही क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार किरण पौडेलले राष्ट्रियता र स्वाभिमानको मुद्दामा आफ्नो पार्टी अब्बल रहेकाले मुलुककै राजनीतिको केन्द्रका रूपमा रहेको क्षेत्रबाट उम्मेदवार भई ती मुद्दा कार्यान्वयनमा ल्याकत र तागत देखाउने गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले संसद् र सांसदलाई कानून निर्माणको भूमिकामा केन्द्रित गर्दै राष्ट्रियताको पक्षमा पनि सदनमा प्रखररूपमा विषयवस्तु उठाउन आवश्यक रहेकाले उम्मेदवारी दिएको बताउनुभयो ।

नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले आम जनताका बीचमा मुलुकमा कानूनी राज्यको अनुभूति दिलाउन तथा शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा देखिएका विकृति एवं विसङ्गतिका विषयवस्तु सदनमा उठाएर कार्यान्वयनका लागि हरसम्भव प्रयास गर्ने उद्देश्यले उम्मेदवारी दर्ता गराएको उल्लेख गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्