रेशम चौधरीको उम्मेदवारी कायम नहुने

<span class='c1'>रेशम चौधरीको उम्मेदवारी</span> <span class='c2'>कायम नहुने</span>

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।

जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन् ।

हाल उनी काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन् । तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। 'कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन्।

जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन् । प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्', वाग्लेले भने, 'तर कानुनले निर्दिष्ट गरेका विषयमा संलग्न व्यक्तिको उम्मेदवारी कायम हुने छैन ।' यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्