ईटहरीबाट हत्याको आरोपमा २ जना पक्राउ

<span class='c1'>ईटहरीबाट हत्याको आरोपमा</span> <span class='c2'>२ जना पक्राउ</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनी सोही रिईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी धरान पठाएता पनी उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो । घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागी खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई विराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो ।

भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्