घट्यो सुनको मूल्य

<span class='c1'>घट्यो सुनको</span> <span class='c2'>मूल्य</span>

काठमाडौं । आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।

दसैं विदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ । सोमबार सुनको मूल्य ८०० रुपैयाँले ओरालो लागेको थियो ।

यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्