बेलबारी । पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढदो छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मोरङ ३(ख) बाट प्रदेश सभा सदस्य पदका लागि युवा बेलवारी ३ का २७ बर्षे ऐश्वर्य प्रसाद आचार्य (बिपिन) समेत प्रतिस्पर्धामा रहेका छन् ।
बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै बेलवारी जेसिज लगायत विभिन्न सामाजिक संघ सस्थाहरुमा नेतृत्वदायी भुमिकामा काम गरिरहेका उनी बेलवारी नगरपालिकाका पुर्व जनप्रतिनिधि समेत भैइसकेका ब्यक्ति हुन।
लामो समय काँग्रेसको राजनीति गरेका उनी पछिल्लो समय स्वतन्त्र रुपमा रहेका छन ।
उनले उमेदवारी समेत स्वतन्त्र बाटै दिएका छन ।
युवाहरुको प्रतिनिधित्व गर्दै समाज परिवर्तन गर्ने उदेश्यले उमेद्वारी दिएको उनले बताए ।