नेप्सेमा ११.३६ अंकको वृद्धि

<span class='c1'>नेप्सेमा ११.३६</span> <span class='c2'>अंकको वृद्धि</span>

काठमाडौं । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ ।

उसो त दसैंपछि खुलेको बजारमा पहिलो साताको पहिलो कारोबार दिन (आइतबार) नै ४४ अंक माथिले नेप्से बढेको थियो ।

नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरुमा आज सामान्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्