निर्वाचन विशेष : चहल–पहल बढ्यो, नागरिकमा छैन उत्साह

<span class='c1'>निर्वाचन विशेष : चहल–पहल</span> <span class='c2'>बढ्यो, नागरिकमा छैन उत्साह</span>

सुजता लिम्बु
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरको राजनीतिक माहोल तातिएको छ ।

धेरै जस्तो शहर केन्द्रिकृत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र फर्केका छन् । भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घर आँगनमा देखिन थालेका छन् । यो दौरानमा आफ्नो पार्टी भित्रको असन्तुष्टि पोख्दै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको संख्या पनि उस्तै छ । चासो र चर्चा बढ्दै जाँदा दलका कार्यकर्तालाई उत्साह बढाएको देखिएपनि नागरिकमा भने उत्साह छैन । दलहरुको क्रियाकलापले आजित बनेको नयाँ पुस्ताहरुले सिंगो दलको विचार र सिद्धान्तलाई चुनौती दिँदै स्वतन्त्रको उम्मेदवारीमा लर्को छ ।

अहिलेको निर्वाचनको चहलपहल र माहोलका बारेमा शहर बजारका चोकदेखि गाँउको चौतारा हुँदै सवारीमा यात्रा गर्ने यात्रुहरुमा बहसको विषय बनेको छ । कुन दलका उम्मेदवारले जित्लान् कि हार्लान या स्थानीय तहको निर्वाचनमा झैँ स्वतन्त्र उम्मेदवारले बाजी मार्लान भन्ने विषयले त झनै राम्रो ‘स्पेश’ पाएको छ । सामाजिक सञ्जालमा प्रचारप्रसारको उत्तिकै प्रतिस्पर्धा चलेको छ आ—आफ्ना दलको उम्मेदवारको भोट माग्न ।

पछिल्लो समय दलहरुको व्यक्तिगत स्वार्थले भाँडिएको राजनीतिक परिस्थितिमा आम नागरिकहरुले दलप्रति भरोसा गर्नुपर्ने आधार नै नभएको सुनसरीका ५१ वर्षिय रुद्रप्रसाद न्यौपाने बताउछन् ।

विराटनगरदेखि इटहरी पुग्दासम्म उनीसँगको संवादमा आफूहरुले चुनेर पठाएको नेताहरुले केही काम गर्न नसकेको गुनासो बारम्बार दोहो¥याए । जनताका दुखः हरेक पटक आउने निर्वाचनको भोट माग्ने टोकरी भएको उनको भनाई थियो ।

‘नेताहरुले केही गर्दैनन्, सबै आफ्नो दुनो सोझ्याउने हुन्’ उनी घरीघरी बसको झ्याल तिर आँखा डुलाउदै भन्छन्,‘जुन नेता आएपनि उहि पारा, काम छैन दले नेताहरुको ।’
नेपाली नागरिक भएकाले मत हाल्ने अधिकारबाट टाढा हुनुहुँदैन भन्ने उद्देश्यले मात्रै आफूले भोट हाल्ने बताउँदै उनले भने,‘आदर्शका कुरा गर्ने पनि कुर्सी पाए पछि सकिन्छन् ।’
के भन्छन् विज्ञहरु ?

लोकतन्त्रमा निश्चित अवधिमा जनताले रुचाएका प्रतिनिधिहरुबाट चल्ने शासन व्यवस्था आफूहरुले अपनाएको पाँचवर्षे कार्याकाल सकिएपछि समयमै निर्वाचन हुनु शान्त्तिपूर्ण, अनुकुल निर्वाचन हुनु लोकतन्त्रको सवल पक्ष रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्याय बताउँछन् ।

राज्यको संवैधानिक प्रणालीबाट राज्यको सक्ता संचालन गर्ने उदेश्य राखेर जनमतलाई आधार मानेर अगाडी बढ्ने विषय राम्रो पक्ष भएको बताउदै डा. उपाध्यायले जनताको आँखाबाट हेर्दा राजनीतिक अभ्यास साँघुरो घेरा भित्र नै रहेको र सिमित व्यक्तिलाई मात्रै फाइदा भएको भन्ने अनुभूती जनतामा रहेको बताए ।

आमनागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका समस्यामा परिवर्तनको अनुभुत हुन नसकेको उनको तर्क छ ।
‘तीन तहको सरकार गठन भएको छ, स्थानीय तहको भर्खरै निर्वाचन सकिएको छ । प्रदेश र संघको अब हुँदैछ, यो पाँच वर्षको अवधिमा प्रदेशले पनि आफ्नो औचित्यको काम गर्न सकेन भन्ने जनतमा गुनासो छ,’ उनले भने, ‘संघले पनि दलिय स्वार्थ दलिय गुठबन्दी, भागबन्डामा केन्द्रिकृत भएकाले निर्वाचनबाट आम नागरिकले निर्वाचनमुखी परिणाम के पाइन्छ भन्ने कुरामा अहिले पनि विश्वस्त हुने वातावरण छैन ।’

नगरिकको जीवनशैलीमा सोचेको भन्दा परिवर्तन आयो अएन ? गरिखाने नागरिका लागि के सुविधा पायो भन्ने प्रश्न अझै बाँकी रहेको बताउँदै उनले घरघरमा सिंहदरबार भन्ने अवधारणा अनुसार घरदैलोबाट सेवा पाउने अवस्था सृजना भए पनि सेवा दिने प्रयाजनका लागि खडा गरिएको निकायहरुको संचालन खर्च नागरिक माथि नै थोपरिएको उनको भनाई थियो ।

नेतृत्वमा पुगेका नेताहरुको नजिकका मन्छेहरुको जीवनशैली दु्रत गतिमा परिवर्तन आए पनि आम नागरिकको जीवनशैलीमा परिवर्तन आउन नसक्दा पछिल्लो समय जनतामा दल प्रति वितृष्णा जागेको उनी बताउछन् । हाल नेपाली जनतालाई प्रतिनिधित्व गरेका दल र नेतृत्वमा भर नपर्ने विश्वासको कमी देखिने आधारहरु स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयबाट नै देखिएको बताउदै उनले अहिले पनि स्वतन्त्र व्यक्तिहरुको ठूलो संख्यामा मनोनयन गर्ने देखिएको बताए ।

‘राजनीतिमा आउनु हुँदैन भन्ने पनि आएका छन्, शिक्षक, पत्रकार, अन्य व्यवसायी राजनीतिमा उत्रिएका छन् ।’, उनले भने, ‘अहिले प्रतिनिधित्व गर्ने दलहरु प्रति जनताको भरोसा छैन , त्यसैले पनि मंसिर ४ मा हुनुपर्ने उत्साह आमनागरिकमा छैन ।’ आफूहरुले निर्वाचन पछि तत्कालै परिवर्तनको अनुभुती, भिजन भएको नेतृत्व पाउछौ भन्ने आशा र भरोसा जनतामा नभएकाले पनि यो निर्वाचनमा जनता खुशी र महत्वका साथ नलिएको उनी बताउछन् ।
निर्वाचनमा हुने आर्थिक चलखेल अस्थायी हुन्छ : अर्जुन बराल
निर्वाचनमा हुने आर्थिक चलखेल केही समयका लागि अर्थतन्त्रमा चलायमान भए पनि त्यो अस्थायी मात्रै रहने प्राध्यापक एवम् अर्थशास्त्री डा. अर्जुन बराल बताउँछन् ।

‘निर्वाचनमा आर्थिक चलखेल ठूलो हुने भएकाले राखिएका पैसा बाहिर निस्किने हुँदा अर्थतन्त्रमा एक खाल्को गति लिन्छ,’ उनले भने,’ तर, त्यो अस्थायी मात्रै रहन्छ ।’
अर्थशास्त्रको हिसाबले निर्वाचनमा हुने आर्थिक चलखेललाई खासै महत्व पाटो भित्र नपर्ने उनको भनाई थियो ।
हालको आर्थिक मन्दिका विषय अन्तराष्ट्रिय कारण गर्दा अथवा आफ्नै आन्तरिक कारणले आर्थिक मन्दि देखिन थालिएको बताउँदै उनले रुस, युक्रेन लगायतको अन्तराष्ट्रिय परिस्थिति एउटा पाटो भए पनि राष्ट्रिय परिस्थितिमा जसरी अर्थतन्त्र अगाडी बढ्न पथ्र्यो त्यसरी अगाडी बढ्न नसकेको उनले बताए ।
‘यो निर्वाचन पछि एउटा गतिशिल स्थिर सरकार बन्यो भने आर्थतन्त्रमा गति प्राप्त गर्ला’, उनले भने,‘अस्थिर सरकार भयो यसले गतिशिल हुन सकस पर्छ ।’
आर्थिक परिवर्तन, मुल्य वृद्धि नियन्त्रण हुन नसक्नु, बेरोजगारी नियन्त्रण हुन नसक्नु पछिल्लो समय दलहरुप्रति जनतामा वितृष्णा छाउनुको कारण रहेको बताउदै उनले नेपाल जस्तो गरिब देशले द्रुुत गतिमा परिवर्तन गर्न नसक्नु राजनीतिक दलमा भएको नेतृत्वको दुरदसीताको कमीले हुनसक्ने बताए ।
‘पाँच वर्षको कार्याकालमा जनताको जीवनस्तरमा परिवर्तन हुननसक्नु, आर्थिक व्यापारमा घाटा, मुल्य बृद्धि घटेको छैन जुन जनताले भोगेका छन् ।’, उनले भने,‘आफूले जिताएको नेताको जीवनशैली परिवर्तन भयो आफ्नो ज्युँ का त्युँ, त्यसैले जनतामा एक खाल्को निरासा छ । यसका लागि दलका नेता सुध्रिनुपर्छ ।’
यो पटकको निर्वाचनमा विचार र सिद्धान्त मरेको छ : राजेन्द्र शर्मा

यो पटकको निर्वाचन विचार र सिद्धान्त मरेको अवस्थाको रुपमा .रहेको राजनीतिक शास्त्री डा. राजेन्द्र शर्मा बताउछन् ।
राजनीतिक दलहरु गठन हुँदा एउटा—एउटा निष्ठा र विचारधाराप्रति आस्था हुने भए पनि राजनीतिक दलको पछिल्लो समय फरकफरक राजनीतिक धार र आस्था भएका पार्टीहरु एक ठाँउमा उभिएर मोर्चाबन्दी गरिरहँदा यो पटकको चुनाव विचार र सिद्धान्त मरेको अवस्थाको चुनावको रुपमा हेर्नुपर्ने उनको तर्कछ ।

‘प्रजातान्त्रिक समाजवादी भनेको पार्टीसँग माओवादी भन्ने पार्टी कम्युनिष्ट पार्टी टाँसिएको छ । एकिकृत एमाले माक्र्सवादी, लेलीनवादी भन्ने पार्टीको विचारधारासँग राजावादी राप्रपा त्यहाँ टाँसिएको छ ।,’उनले भने,‘ यसरी हेर्दा यो पटकको चुनाव विचार र सिद्धान्त मरेको अवस्थाको चुनावको रुपमा हेनुपर्ने हुन्छ ।’ नेपालमा शिद्धान्त र विचार मरेको तर्क गर्दै उनले भने,‘अहिले पार्टीको नाममा दलबल गठन गर्दै, मल्ल युद्धको तयारी गर्दैछन्, यसले पार्टी फेलियर भएको कुराको संकेत हो’ । पार्टीहरु जसरी पनि सत्ता कब्जा गर्नुपर्छ भन्ने ध्येय मात्रै भएको उनको भनाई छ ।

पार्टीहरु फेलियर हुनुको कारण ०४८ सालको बहुदलिय प्रजातन्त्र पछिको तीस वर्ष नेपालले आर्थिक रुपले नेपाल ऋणमा पर्नु लोन बढेर ०४८ सालमा लगभग ४ खरब बराबरको बढेर १७ खर्ब बराबरमा पुग्नु राष्ट्रिय बजेट भन्दा बढी लोन तिर्नुपर्ने अवस्था पनि मुल कारण रहेको बताउदै आर्थिक हिसाबले जर्जर अवस्थामा पुग्नु राष्ट्रिय उद्योगहरु बन्द हुनु असंलग्न पराष्ट्र नीतीमा चुक्नु फेलियर अवस्थामा पुग्नुको कारण रहेको उनले बताए ।

‘कहिले अमेरीकन पक्षमा एमसीसी पास गर्दै कहिले हामी चीनको नजिक पुगे जस्तो गर्छौ, यसरी हामीले असंलग्न परराष्ट्र नीतिलाई धरासायी बनायौ तीस वर्षमा ।’, उनले भने,‘ नेपालललाई आफ्नो अन्तराष्ट्रिय छवी धूमिल हुने गरी आर्थिक रुपले जर्जर हुनेगरी संचालन गर्नु फेलियरको संकेत हो यसपालिको चुनाव ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्