दीपक मनाङ्गे निर्विरोध निर्वाचित

<span class='c1'>दीपक मनाङ्गे</span> <span class='c2'>निर्विरोध निर्वाचित</span>

मनाङ । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित हुनुभएको हो ।

मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो । मनाङ्गे विसंं २०७४ मा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य हुनुभएको थियो ।

गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्