कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन

<span class='c1'>कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी</span> <span class='c2'>निष्क्रिय गर्न निर्देशन</span>

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ ।

तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर यसअघि गरिएको कारबाही फुकुवा गर्ने कांग्रेसले आज जनाएको छ ।

त्यस्ता विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाउनुपर्ने छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार बनेका पार्टी सदस्यलाई तोकिएको समय असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकाले त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले पार्टी सदस्यता नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्