विराटनगर अशोज २७ ,
२०५४ सालमा योगेन्द्र मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा नि:शुल्क ट्युसन पढाए । तत्कालीन अमाहीवरियाती गाबिस (हाल धनपालथान गाउँपालिका २) मा २०५२देखि २०५४ सालसम्म नि:शुल्क ट्यसन पढाएका कारण ‘जोगी सर’को नाम पनि पाएका थिए ।
मोरङमा जीवन विकास समाजको आजभन्दा २५ बर्ष अघि सुरुवात गरेर समाज रुपान्तरण र नेपालबाट गरिबी हटाउने अभियानमा लागेका उनी "जोगी सर" योगेन्द्र मण्डलले स्वतन्त्ररुपमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरंगको क्षेत्र नम्बर ५ मा उमेद्वारी दिएका छन् । उनले "चापाकल" चुनाब चिन्न पाएका छन् भने अहिले आफ्नो चुनाबी अभियानमै रहेका छन् ।
आफुले धेरै बर्षदेखि उक्त क्षेत्रमा काम गरिरहेको र त्यहाँका मानिसको मनमा बस्न सफल भएको हुनाले आफु उक्त क्षेत्रमा सबैभन्दा लोकप्रिय उमेद्वार रहेको उनले बताए ।मोरङ जिल्लाको साविक अमाही बरियाती गाविस वडा नं. ३ मा जन्म भई सोही गाउँबाट विगत दुई दशक भन्दा लामो समयदेखि शैक्षिक, सामाजिक तथा आर्थिक सुधार माफर्त समाज सेवामा निरन्तर लागि रहेको हुनाले आफुलाई जनताले मत दिएर बिजयी बनाउने उनले दाबी गरे ।
“एक गाउँ एक उद्योग”, “एक घर एक रोजगार र एक घर एक उद्यमशील जनशक्ति”, अति विपन्न परिवारलाई रासन कार्डको ब्यवस्था लगायतको एजेन्डा सहित अहिले उनि घरदैलोमा रहेका छन् ।