गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : अध्यक्ष प्रचण्ड

<span class='c1'>गोरखा आउनु जित र हारसँग सम्बन्धित</span> <span class='c2'>विषय नै होइन : अध्यक्ष प्रचण्ड</span>

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हँुदै नभएको बताउनुभएको छ ।

माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पार्नुभयो ।

“म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भन्नुभयो, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।” उहाँले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो ।

“प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछाँै तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।” अर्को फरक प्रसङ्गमा उहाँले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्