शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था स्थिर

<span class='c1'>शताब्दी पुरूष जोशीको</span> <span class='c2'>स्वास्थ्य अवस्था स्थिर</span>

काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था हुन सकेको छैन ।

किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । “हिजोको तुलनामा उहाँको स्वास्थ्यमा खासै सुधार भएको छैन, स्वास्थ्य अवस्था स्थिर नै छ”, विज्ञप्तिमा भनिएको छ ।

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्