जोशीले पु¥याउनुभएको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

<span class='c1'>जोशीले पु¥याउनुभएको योगदान नेपालीका लागि</span> <span class='c2'>चीर स्मरणीय : अध्यक्ष दाहाल</span>

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पु¥याउनुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताउनुभएको छ ।

अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को आज बिहान एक सय तीन वर्षको उमेरमा दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

एक सय तीन वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको स्रोत बनेर रहने उहाँको भनाइ थियो । सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु ।” रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्