उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै युनियनहरु आन्दोलित

<span class='c1'>उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन</span> <span class='c2'>गर्न माग गर्दै युनियनहरु आन्दोलित</span>

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका छन् ।

उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका छन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिनभित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।

उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको शिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनीतिक खिचातानी तथा कच्चापदार्थ अभावका कारण बन्द छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको हो । कोइला अभाव झेल्दै आएको उद्योग सञ्चालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो । असोज ९ गते सञ्चालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभावमा बन्द हुन पुगेको हो । दुई महिनाको अन्तरालमा कोइला अभावमा उद्योग तीन पटक बन्द हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्