कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्ने पाउने

<span class='c1'>कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४</span> <span class='c2'>गतेसम्म उम्मेदवारी निष्क्रिय गर्ने पाउने</span>

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत कात्तिक ४ गतेभित्र सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जानकारी गराएको हो ।

त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ ।

यसअघि कांग्रेसले निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका कांग्रेसका र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई यही असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । साथै त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसको विधानबमोजिम निष्काशन गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्