म्याराथनमा गण्डकी प्रदेशलाई स्वर्ण

<span class='c1'>म्याराथनमा गण्डकी</span> <span class='c2'>प्रदेशलाई स्वर्ण</span>

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाउनुभयो । भारतीय सेनामा कार्यरत उहाँ पर्वत जिल्लाको हुनुहुन्छ ।

अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बन्नुभयो । यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जित्नुभयो ।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रङ्गशालामै आएर टुङ्गिएको हो । म्याराथन दौडमा १८ जना सहभागी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्