एमाले अध्यक्ष ओली अस्वस्थ

<span class='c1'>एमाले अध्यक्ष</span> <span class='c2'>ओली अस्वस्थ</span>

दमक । आज दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आउनुभएको हो ।

उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्