सुजता लिम्बु
विराटनगर । आगामी प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिगबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् ।
लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् ।
करिब ३० वर्षपछि लिम्बू र खतिवडा चुनावी मैदानमा पुनः प्रतिस्पर्धामा उत्रिएका उनीहरु यसअघि तीन पटक चनावी प्रतिस्पर्धामा उत्रिसकेका छन् । यो प्रतिस्पर्धा दुवैका लागि चौथो पटक हुनेछ ।
हार र जीतको त्यो प्रतिस्पर्धा
२०४९ को स्थानीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका लिम्बू र खतिवाडा त्यो निर्वाचनमा लिम्बूलाई पराजित गर्दै खतिवडा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पुनः ३ दशक पछि दुवै जनाको प्रतिस्पर्धा रोचक हुने स्थानीहरु बताउछन् । एमाले प्रदेश कमिटी सदस्य रहेका खतिवडालाई जसपा सघाउनेछ भने काँग्रेस जिल्ला सभापती रहेको लिम्बूलाई माओवादी, एकिकृत समाजवादीले सघाउने छ ।
२०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा उम्मेद्वार बनेका लिम्बू माओवादीका नगेन्द्र धिमालसँग पराजित भएका थिए । भने २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र लिम्बू चुनावी प्रतिस्पर्धामा थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने खतिवडालाई हराउदै लिम्बूले बाजी मारेका थिए । २०७० को हारको भने, खतिवडाले २०७४ को निर्वाचनमा लिएका थिए ।
कसको अवस्था कस्तो ?
२०७४ देखि २०७९ सम्म आइपुगग्दा राजनीतिक समिकरण फेरिएको छ । तत्कालीन बाम गठबन्धन भित्रको अन्तरविरोध, एमाले भित्रको पार्टी विभाजनले अब खतिवडालाई यो निर्वाचनमा जित निकाल्न निक्कै सकस पर्ने स्थानीय संचारकर्मीहरुको आंकलन छ । तत्कालिन बामगठबन्धनको उम्मेद्वार बनेका घनश्याम खतिवडाले माओवादी केन्द्रको साथ भाएको थियो भने, अबको निर्वाचनमा काँग्रेसका डिगबहादुर लिम्बूले मआवोदी केन्द्र र एकिकृत समाजवादीको साथ पाउने छ । अर्र्थात सतागठबन्धनबाट चुनावी मैदानमा उत्रिएकाले लिम्बूलाई अलि सहज देखिए पनि स्थानीय निर्वाचन अनुसार एमाले अगाडी छ । उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षले ३२ हजार ३६६ मत पाएका छन् । कांग्रेसले ३१ हजार ४१३ मत पाएका छन् ।
माओवादीले ६ हजार ५८३ मत पाएको छ, राप्रपाले २ हजार ८९० मत पाएको छ, एसले १ हजार ९३ मत र जसपाले ४ ९४ मत पाएको छ । स्थानीय तहको निर्वाचनमा एक नम्बर क्षेत्रमा एमाले विजयी भएकाले पनि प्रतिस्पर्धामा सहज हुने एमाले नेताहरु बताउछन् । यता सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएको हुँदा लिम्बूलाई पनि त्यति गाह्रो नपर्नेमा सत्तागठबन्धनका नेताहरुको दावी छ ।