नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

<span class='c1'>नेप्से परिसूचकमा झिनो</span> <span class='c2'>अङ्कको गिरावट</span>

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक रु दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक रु दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको रु एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर नौ दशमलब ९७, बिन्दवासिनी हाइड्रोपावर चार दशमलब ३७, विशाल बजार कम्पनी चार दशमलब शून्य चार, नारायणी डेभलपमेन्ट बैंक तीन दशमलब दशमलब ४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले दुई दशमलब ७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र सात दशमलब ७३, सामुदायिक लघुवित्त सात दशमलब ६७, अभियान लघुवित्त छ दशमलब ५९, हिमालयन पावर पाटर्नर पाँच दशमलब ६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ५६ प्रतिशतले गुमाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्