अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेको खुलेको छ ।
बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० बर्षका बिर बहादुर गमालको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार बुधबार दिउसो करिव ४ बजेको समयमा विर बहादुर गमाल र उनका ७४ बर्षिय दाजु हिम बहादुर गमालले भत्ता बुझेपछि हिड्दै घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको बिषयमा २ भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हिम बहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।