झापामा दुर्घटनामा एक जनाको मृत्यु

झापामा दुर्घटनामा एक जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको पथरीशनिश्चरे सडकखण्डको जयचोकमा हिजो शनिबार सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलमा जाने क्रममा अनियन्त्रित भई झापाको बिर्तामोड–४ का ४५ वर्षीय हरिकुमार बाँस्कोटाको मृत्यु भएको हो ।

को३७प ३२५५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र पेटमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

गम्भीर घाइते बाँस्कोटाको मोरङको उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्