काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करिब ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र उक्त बोनस सेयर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।